रास्वपा अनुशासन आयोगका उपप्रमुख यज्ञमणिले दिए राजीनामा

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगका उपप्रमुख यज्ञमणि न्यौपानेले पदबाट राजीनामा दिएका छन् । न्यौपानेले पार्टीको सक्रिय राजनीति गर्ने भन्दै पदबाट राजीनामा दिएका हुन्। न्यौपानेले दशैं अगाडि नै बुझाएको  राजीनामा अहिले स्वीकृत भएको हो ।

कानुन व्यवसायी न्यौपानले अनुशासन आयोगमा करिब दुई वर्ष काम गरेका छन्। अनुशासन आयोगका प्रमुख भरतमणि देवकोटा अमेरिका भ्रमण तथा तत्कालीन गृहमन्त्री रवि लामिछानेको सचिवालयमा कार्यरत हुँदा देवकोटाले कार्यवाहक प्रमुख भएर काम गरेका थिए। देवकोटा अमेरिकामा रहेको बेला तत्कालीन महामन्त्री मुकुल ढकाललाई अनुशासन आयोगबाट न्यौपानेले स्पष्टीकरण सोधेका थिए।

प्रतिक्रिया