व्यापारी बाट एमालेको पार्टी कार्यालय बनाइनु भ्रष्टाचार भएको भन्दै अधिवक्ताहरु रिट लिएर सर्वोच्चमा

काठमाडौं । एमाले पार्टी कार्यालय भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङ बाट बनाइन खोज्नु गम्भिर भ्रष्टाचार भएको भन्दै अधिवक्ता डा. ज्ञान बस्नेत  लगायत रिट लिएर सर्वोच्च अदालत पुगेका छन् । रिट निवेदन दर्ता भने भैसकेको छैन् । यसबारे छलफल भइरहेको भने छ । 

सत्य र न्यायाको खोजी अभियानको तर्फबाट अधिवक्ता डा. ज्ञान बस्नेत, अधिवक्ता श्यामकृष्न मास्के र अधिवक्ता अर्जुन थापा समेत भाटभटेनीका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले काठमाडौं कीर्तिपुर नगरपालिका २, मैत्रीनगरमा एमालेका पार्टी कार्यालयको लागी अरबौंको जमिन दान गरेको र असोज २५ गते प्रधानमन्त्री ओलीले एमालेको केन्द्रीय कार्यालय शिलान्यास समेत गरेको कार्यलाई गम्भिर भ्रष्टाचारजन्य अपराध, राज्य सत्ताको भयानक दुरुपयोग भएको भन्दै अदालत पुगेका हुन् । 

उनीहरुले यो नैतिक र कानुनी अपचलन भन्दै  प्रधानमन्त्री एव एमाले अध्यक्ष के.पी. शर्मा ओली र भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङबीच भएको जग्गा लेनदेन (दान) कार्यान्वयन गर्न नगराउँन अन्तरिम आदेश जारी गरी पाउँ भन्दै रिट निवेदन लिएर अधिवक्ताहरू सर्बोच्च अदालत पुगेका छन् । अहिले रिट निवेदन अदालतले अध्यान गरिरहेको जनाएको छ । 

रिटमा राजनीतिक दल, नेता नेतृत्वहरूले  चन्दा ऊठाउदा  कुनै उपहार, दान  र अरु सहयोग लिदा खुल्ला पारदर्शी हुनु पर्ने, र यसको  कारण पुष्टी हुनुपर्ने तर्क गरिएको छ । एमालेलाई १० रोपनी १४ आना जग्गा दानको रुपमा दिने र सुबिधा सम्पन्न पार्टी कार्यालय बनाई दिने ब्यक्तीको विवादित भएको कारण  । सम्पती सुद्दिकरण ऐन अनुसार ब्यबसायी मिन बहादुर गुरुङको सम्पतीको श्रोत समेत गम्भीर रुपमा छानबिन गर्न रिट निबेदनमा माग गरिएको छ । 

यस्तो लेनदेनले राजनितिक दल,नेता नेतृत्व र सरकारको नेतृत्व गर्नेहरुको आचरण, नैतिकता र लोकतान्त्रीक पद्दति माथी नै प्रश्न उठाएको रिटमा  भनिएको छ ।

प्रतिक्रिया