प्रधानमन्त्री ओली विरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओली विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । 

पार्टी कार्यालय निर्माणका नाममा जग्गा लिएको र व्यापारीले भवन पनि बनाइदिने भनेको भन्दै प्रधानमन्त्री ओली विरुद्ध सिन्धुलीका युवराज पौडेल (सफल)ले उजुरी दर्ता गराएका हुन् । 

उजुरीमा भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार आवश्यक अनुसन्धान गरी हदै सम्म कारबाही माग गरिएको छ । भ्रष्टाचार निवारण ऐन २०५९ ले दान, दातव्य, उपहार वा चन्दा लिने कार्यलाई भ्रष्टाचार मानेको छ । उजुरीमा देशकै प्रधानमन्त्रीले कानून उल्लङ्घन गरेको उल्लेख छ । 

भाटभटेनी सुपर मार्केटका अध्यक्ष मीनबहादुर गुरुङले  एमालेको केन्द्रीय पार्टी कार्यालयको निर्माण गर्नका लागि कुल १० रोपनी १४ आना जग्गा उपलब्ध गराए पछि पछिल्लो समय यो विषय विवादमा आएको छ ।

प्रतिक्रिया