नेपाल वायुसेवा  निगम द्वारा ५३ करोड ऋण भुक्तानी

काठमाडौं । नेपाल वायुसेवा  निगमले ५३ करोड ऋण भुक्तानी गरेको छ । 

अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडि र दुई वाइडबडि जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोष बाट लिएको ऋण दायित्व मध्ये सो ऋण तिरेको हो । 

दुई न्यारोबडि जहाजको २०८१ आश्विन महिनाको किस्ता बापत पुरा र दुई वाइडबडि जहाजकोे आंशिक गरी ५३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ रकम भुक्तानी गरेको निगमले जानकारी दिएको हो । 

निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हाले पश्चात निगमले २०८१ आश्विन सम्मको अवधिमा ६ अर्ब ३२ करोड ८५ लाख ९७ हजार ५३३ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको छ । 

साथै, विश्वव्यापी कोरोना भाइरसको कारण निगमको व्यापारमा समेत प्रतिकुल असर परेकोले सो असर रहेको अवधिको व्याज, व्याजको व्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन एवं किस्ताको संख्या वृद्दि गरेर ऋण दायित्व भुक्तानीलाइ सहजीकरणको माग निगमले गर्दै आएको छ । 

प्रतिक्रिया