राष्ट्रपति पौडेल द्वारा प्रसिद्ध धार्मिकस्थल बडीमालिका मन्दिरको पूजा अर्चना
एजेन्सी । राष्ट्रपति रामचन्द्र पौडेलले प्रसिद्ध धार्मिकस्थल बडीमालिका मन्दिरको दर्शन एवम् पूजा अर्चना गरेका छन् ।
राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेल सहित बिहिबार बिहान बाजुरा स्थित त्रिवेणी नगरपालिका वडा नम्वर ९ मा पर्ने बडीमालिकाको पूजाअर्चना गरी टीका प्रसाद ग्रहण गरेका हुन् ।
प्रसिद्ध धार्मिकस्थल एवम् शक्ति पीठ बडीमालिका मन्दिरमा पूजा एवम दर्शनको लागि भक्तजन जाने गर्दछन । राष्ट्रपति पौडेलले बिहीबार नै त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा रहेको नाटयश्वरी मन्दिरको नवनिर्मित भवन उदघाटन गर्ने कार्यक्रम छ ।
राष्ट्रपति पौडेल बिहीबार नै काठमाडौं फर्कने बताइएको छ ।
प्रतिक्रिया