सुनको मूल्यमा नयाँ रेकर्ड कायम

काठमाडौं । सुनको मूल्य हाल सम्मकै उच्च भएको छ ।

बिहीबार सुनको भाउ हाल सम्मकै उच्च प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँ कायम भएको छ । बुधबार सुनको भाउ  प्रतितोला १ लाख ६१ हजार ८ सय रुपैयाँ कायम भएको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्यले हाल सम्मको सबै रेकर्ड तोड्दै कीर्तिमान बनाएको हो । बुधबारको तुलनामा बिहीबार सुनको मूल्य ६ सय रुपैयाँले बढेको हो । 

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार तोलामा १ हजार ९ सय ५० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार  भइरहेको  छ ।

प्रतिक्रिया