तरकारीको भाउ थोकमा घटे पनि खुुद्रामा चर्को मुल्य तिर्नुपरेको उपभोक्ताको गुनासो

काठमाडौं । दशैं लगत्तै ताजा तथा हरिया तरकारीको भाउ थोकमा घटे पनि खुुद्रामा किन्ने उपभोक्ताले भने चर्को मुल्य तिर्नुपरेको छ । 

दशैं पछि उपत्यकामा तरकारी आपूर्ति सहज भए सँगै थोक बजारमा तरकारी मूल्य घटे पनि खुुद्रामा मूल्य नघटेका कारण उपभोक्ताले मूल्य घटेको महसुुस गर्न नसकेका हुन । एक साताको बिचमा थोक बजारमा अधिकांश तरकारीको भाउ आधाले घटेको छ । 

थोकमा भाउ घट्दा पनि खुुद्रामा नघट्नुुको कारण बजार अनुुगमन प्रभावकारी हुुन नसक्दाको परिणाम भएको बताइन्छ । यही असोज दोस्रो साता देशभर अविरल वर्षाका कारण आएको बाढी पहिरोले सडक अवरुद्ध हुँदा महँगिएको तरकारी दशैं सम्म महँगै थियो । अहिले भने आलुु, प्याज बाहेकका तरकारीको मूल्य घटेको छ । 

असोज दोस्रो सातादेखि लगातार महँगिएको तरकारी दशैं पछि भने व्रmमशः घट्न थालेको र अब अझै घट्ने कालिमाटि तरकारी बजार विकास समितिले जनाएको छ । समितिका अनुसार कालीमाटी बजारमा मङ्गलबार आठ सय मेट्रिक टनको हाराहारीमा तरकारी भित्रिएको छ । यस अघि भने दैनिक पाँच÷छ सय मेट्रिक टनको हाराहारीमा मात्रै तरकारी भित्रिँदै आएको थियो । 

कालीमाटी बजारमा मुख्यतः धादिङ, नुवाकोट, काभ्रे, चितवन, मकवानपुर लगायत तराईका जिल्ला बाट तरकारी भित्रिन्छ । ती जिल्ला बाढी पहिरो बाट प्रभावित भएकाले पर्याप्त मात्रामा तरकारी आएको थिएन ।

प्रतिक्रिया