विश्व चर्चित ब्यान्ड ‘वन डाइरेक्सन’ का स्टार लियाम पेनको मृत्यु

एजेन्सी । विश्व चर्चित ब्यान्ड ‘वन डाइरेक्सन’ का स्टार लियाम पेनको मृत्यु भएको छ । 

अर्जेन्टिनाको ब्युनस आयर्समा रहेको एक होटलको बालकोनी बाट खसेर उनको मृत्यु भएको हो । होटलको तेस्रो तला बाट खसेर उनको ३१ वर्षको उमेरमा मृत्यु भएको अर्जेन्टिनी प्रहरीले जनाएको छ । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बेलायती गायक पेनको शव स्थानीय समय अनुसार बुधबार बिहान होटल बाहिर फेला परेको हो । अमेरिकी म्युजिक च्यानल एमटीभी, स्ट्रिमिङ सेवा स्पोटीफाई लगायतले पेनको निधनमा दुःख व्यक्त गरेका छन्। 

गायक पेनले ह्यारी स्टाइल्स, जेन मलिक, नाइल होरान र लुइस टम्लिन्सन सँगै विघटित भएको पप ब्यान्ड वान डाइरेक्सनको सदस्यका रूपमा विश्वव्यापी प्रसिद्धि पाएका थिए।

पेन अक्टोबर २ मा ब्युनस आयर्स कन्सर्टमा सहभागी भएका थिए।
 

प्रतिक्रिया