नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोटमा परी १४० जनाको मृत्यु

एजेन्सी । उत्तरी नाइजेरियामा एउटा इन्धन ट्याङ्कर विस्फोट हुँदा १ सय ४० जनाको मृत्यु भएको छ । 

उत्तरी जिगावा राज्यमा ट्याङ्कर दुर्घटनामा परे पछि सडकमा पोखिएको इन्धन सङ्कलन गर्ने क्रममा धेरै पीडितको मृत्यु भएको नाइजेरियन प्रहरीले जनाएको छ । माजिया शहरमा एउटा ट्रक सँग ठोक्किन बाट बच्न खोज्दा ट्याङ्कर पल्टिएको हो । 

नाइजेरियामा ट्याङ्कर दुर्घटना बारम्बार हुने गर्छन् । सङ्घीय सडक सुरक्षा आयोग (एफआरएससी) ले सन् २०२० मा एक हजार पाँच सय ३१ दुर्घटना अभिलेख गरेको छ ।  जसमा पाँच सय ३५ जनाको मृत्यु भएको थियो । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार गत महिना उत्तर–पश्चिमी निगर राज्यमा एउटा इन्धन ट्याङ्कर यात्रु र गाईवस्तु बोकेको ट्रक सँग ठोक्किँदा ५९ जनाको मृत्यु भएको थियो ।  

एफआरएससीका अनुसार सन् २०२३ मा नाइजेरियामा सडक दुर्घटनामा पाँच हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । 
 

प्रतिक्रिया