साफ महिला च्याम्पियनसिप आज देखि, उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्दै

काठमाडौं । सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप बिहीबार देखि दशरथ रङ्गशालामा शुरु हुँदैछ । 

प्रतियोगितामा नेपाल सहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश सहभागी हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । प्रतियोगिताको फाइनल खेल कात्तिक १४ गते हुनेछ ।
 
एन्फाका अनुसार प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । साविक विजेता बङ्गलादेश सहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन् भने समूह ‘बी’ मा नेपाल सँगै भुटान, श्रीलङ्का र माल्दिभ्स परेका छन् । 

प्रतियोगिताको उद्घाटन खेल बिहीबार भारत र पाकिस्तान बीच हुनेछ । शुक्रबार  नेपाल भुटान सँग भिड्नेछ । 
रासस

प्रतिक्रिया