अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यसवर्ष ‘बेचबिखनका प्रत्येक पीडितसम्म पुगौँ, कसैलाई न्यायबाट वञ्चित नगरौँ’ भन्ने नारासहित यो दिवस मनाउन लागिएको छ । दिवसका अबसरमा मानव बेचबिखन उन्मूलन गर्न सचेतना जगाउने कार्यक्रम हुँदैछन । सामान्यतया प्रलोभनमा पारी, झुक्याई, डरत्रास देखाई कुनै पनि व्यक्तिलाई उसको इच्छाविपरीत कुनै न कुनै रूपमा शोषण गर्ने वा नाफा कमाउने उद्देश्यले जबरजस्ती कुनै पनि कार्य गर्न बाध्य तुल्याइने अवस्थालाई नै मानव बेचबिखन भन्ने गरिन्छ । पछिल्लो समय नेपालबाट महिला र बालबालिकाको एशिया, अरब, अफ्रिका, युरोप र अमेरिकाका अन्य विभिन्न मुलुकमा समेत बेचबिखन तथा ओसारपसार हुन थालेको छ ।।
प्रतिक्रिया