मन्थलीमा रोकिएका पर्यटकलाई नेपाली सेनाको जहाजबाट उद्धार गरिने
काठमाडौँ। सगरमाथा क्षेत्र जान रामेछाप मन्थली पुगेका पर्यटक नियमित उडान अभावले अलपत्र परेपछि नेपाली सेनाको जहाजबाट उद्धार गरिने भएको छ ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले मन्थलीमा रोकिएका पर्यटकको विवरण उपलब्ध गराउन आफ्ना सदस्य कम्पनीसँग आग्रह गरेको छ ।उनीहरूलाई नेपाली सेनाको जहाजबाट मन्थली-लुक्ला-मन्थली वा काठमाडौँ-लुक्ला-काठमाडौँ रुटमा स-शुल्क उडान गर्ने गरी सेनासँग समन्वय गरिएको टानले जनाएको छ ।
‘फस्ट कम फस्ट सर्भ’ सिद्धान्त अनुसार ट्रेकिङ एजेन्सीबाट प्राप्त हुने लिस्ट बमोजिम पर्यटकलाई प्राथमिकता साथ उडाइने र नेपाली सेनासँगको परामर्शपछि उडान समय र शुल्क तोकिने समेत टानले जनाएको छ ।
प्रतिक्रिया