पशुपति धर्मशाला पुगेको महानगरको डोजर प्रहरी नियन्त्रणमा

काठमाडौं । गौशालास्थित धर्मशालामा रहेको गाईगोठ भत्काउन गएको काठमाडौं महानगरपालिकाको डोजर नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ । धर्मशालानजिकै रहेको गौशालाको संरचना अवैध रहेको भन्दै नगर प्रहरी सहित गएको डोजरलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

महानगरको २ वटै डोजर अहिले गौशाला प्रहरी वृत्तको टोलीले नियन्त्रणमा लिएको छ 

तर, महानगर धर्मशालामा बोर्ड भने राखेको छ । मारवाडी सेवा समितिसँग विवाद चलिरहेको बेलामा महानगरले बुधबार बोर्ड राखेको हो । यसअघि महानगरले आफ्नो ब्यानर राखेको थियो ।

प्रतिक्रिया