हिजबुल्लाह लक्षित  इजरायली हवाई आक्रमणमा लेवनानमा मेयर सहित पाँच जनाको मृत्यु

एजेन्सी । लेबनानको दक्षिणी शहर नाबातिहमा इजरायली हवाई आक्रमणमा परी मेयरसहित पाँच जनाको मृत्यु भएको छ । 

लेवनानी सञ्चार माध्यमका अनुसार हवाई हमला नाबातिहको नगरपालिका भवनमा भएको थियो, जहाँ मेयर अहमद काहिल शहरमा मानवीय स्थितिको सामना गर्न एक संकट सेल बैठकमा भाग लिइरहेका थिए। 

नाबातिहका गभर्नर होवैडा टर्कले अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुलाई बताए अनुसार मेयर काहिल लगायत अन्य कर्मचारीहरु नगरपालिकाको भवनमा जरुरी बैठक गरिरहेका बेला इजरायली आक्रमणमा परेका थिए । 

इजरायलले बुधवार लेवनानमा रहेको मुस्लिम लडाकू समूह हिजबुल्लाहलाई लक्षित गरेर ११ वटा हवाइ हमला गरेको छ ।  इजरायलल हिजबुल्लाहलाई लक्षित गरेर लेवनानमा हवाई र भूमी आक्रमण तीब्र पारेको छ । 

सन् २०२३ अक्टोबर ७ मा प्यालेष्टिनी लडाकू समूह हमासले इजरायमाथि एक्कासी आक्रमण गरेर १२ सय इजरायली नागरिकको हत्या गरेको थियो भने २ सय ५० जनालाई अपहरण गरेको थियो । त्यसपछि इजरायल र हमासबीचको युद्ध जारी छ ।

हमासलाई विश्वकै शक्तिशाली मानिने लेवनानको   मुस्लिम लडाकू समूह हिजबुल्लाहले हातहतियार सहित सघाइरहेको छ । हिजबुल्लाहलाई भने इरानले सघाइरहेको छ । त्यसकारण इजरायलले हिजबुल्लाह लक्षित आक्रमण गरिरहेको हो । 
 

प्रतिक्रिया