नाइजेरियामा इन्धन ट्याङकर बिरुफोट हुँदा, इन्धन बटुल्न गएका ९४ जनाको मृत्यु

एजेन्सी । उत्तरी नाइजेरियामा इन्धन बोकेको ट्याङकर बिस्फोट हुँदा ९४ जनाको मृत्यु भएको छ । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार ट्याङकर दुर्घटना भएपछि त्यसमा भएको इन्धन लिन मानिसहरु भेला भइरहेका बेला दुर्घटनाग्रस्त ट्याङ्कर विस्फोट भएको थियो । जिगावा राज्यको मजिया गाउँमा सो ट्याङकर मङ्गलबार साँझ बिस्फोट भएको हो ।

विष्फोटबाट मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ ।“चालकले नियन्त्रण गुमाए र ट्याङकर ढल निकासको खाल्डोमा पल्टियो र इन्धन पोखिन थाल्योे,“ जिगावा प्रहरी प्रवक्ता शिसु लवान एडमले भने। मानिसहरु पोखिएको  इन्धन बटुल्न हतारिएका थिए । त्यही बेला ट्याङकर पड्किएको थियो । प्रहरी प्रवक्ता एडमले ५० जना गम्भीर घाइते भएका र मृतकको संख्या बढ्न सक्ने  बताए ।

प्रतिक्रिया