प्रधानमन्त्री सँग जापानी राजदूतको शिष्टाचार भेट

काठमाडौंं  । प्रधानमन्त्री के.पी. शर्मा ओलीसँग नेपालका लागि जापानका राजदूत किकुुता युताकाले बुधबार प्रधानमन्त्री निवास, बालुवाटारमा शिष्टाचार भेट गरेका छन् । 

भेटका अवसरमा दुुई देश बीचको परम्परागत सम्बन्ध, दुुई पक्षीय हितका विविध विषय तथा सहयोग आदानप्रदानबारे छलफल भएको थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल लगायत सहभागी भेटका अवसरमा बाढी पहिरोबाट प्रभावित बिपी राजमार्ग पुनः निर्माणमा जापान सरकारबाट हुनसक्ने सहयोगका विषयमा पनि छलफल भएको थियो । 

प्रतिक्रिया