झडपमा परि प्रहरी र स्थानीय गरी १० जना घाइते

सर्लाहीको गोडैतामा शनिबार साँझ दुई समूहबीच झडप हुँदा प्रहरी र स्थानीय गरी १० जना घाइते भएका छन । घटनामा ६ प्रहरी र ४ स्थानीय घाइते भएका हुन । गोडैता बजारमा स्थानीय मुस्लिम समुदायले ताजिया मोहरम पर्व मनाउने क्रममा दुई समूहबीच उत्पन्न विवादले झडपको रुप लिएको प्रहरीले जनाएको छ ।  मुस्लिम समुदायले दाहा घुमाउन लैजाने क्रममा हिन्दु समुदायका केही स्थानीयले आफ्नो गाउँको बाटोबाट लैजान अवरोध गरेपछि झडपको स्थिति सिर्जना भएको हो । दुई समूहबीचको झडप रोक्ने क्रममा प्रहरीले २६ सेल अश्रु ग्यास प्रहार र १६ राउन्ड हवाइ फायर गरेको छ । ढुंगा लागेर गम्भीर घाइते भएका स्थानीय राजेश पटेलको हाल प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ । झपडमा घाइते भएका ६ प्रहरी र तीन स्थानीय उपचारपछि घर फर्केका छन ।
 

प्रतिक्रिया