भारतीय अभिनेत्री आलिया भट्टले भनिनः म एक प्रकारको मानसिक स्वास्थ्य समस्याबाट ग्रसित छु

एजेन्सी । भारतीय अभिनेत्री आलिया भट्टले आफू एकप्रकारको मानसिक स्वास्थ्य समस्याबाट ग्रसित रहेको बताएकी छिन् । 

उनले हालै दिएको ललनटप शोको एक अन्तर्वार्तामा आफू एटेन्सन डेफिसिट हाइपरएक्टिभिटी डिसअर्डर (एडीएचडी) को सिकार भएको बताएकी हुन् । उनले यस्तो बताएपछि उनका प्रशंसकहरुले आलियाको मानसिक स्वास्थ्य समस्यालाई खुलेर स्वीकार गर्ने  साहसको प्रशंसा गरिरहेका छन्।

आलियाले भनिन्, ’म सानैदेखि जोन आउट भएकी छु । स्कूलमा, कक्षाकोठामा, कुनै पनि कुराकानीको बीचमा पनि, ममा एकाग्रता छैन, मैले केही दिन अघि मनोवैज्ञानिक परीक्षण गराएको थिएँ, जसमा मैले थाहा पाएँ कि म एडीएचडी स्पेक्ट्रममा धेरै उच्च छु।” एडीएचडी एक प्रकारको मानसिक समस्या हो । जसले व्यक्तिको ध्यान केन्द्रित गर्ने र उमेर–उपयुक्त व्यवहार प्रदर्शन गर्ने क्षमतालाई असर गर्दछ ।
 

प्रतिक्रिया