सिन्धुलीको बागवानी विकास केन्द्र द्वारा हिउदे तरकारीका विउ उत्पादन तथा वितरण

सिन्धुली । सिन्धुली सदरमुकाम सिन्धुलीमाडीमा अवस्थित बागवानी विकास केन्द्रले हिउदे तरकारीका विउ वेर्ना उत्पादन तथा वितरण गर्न थालेको छ । 

बागवानी विकास केन्द्रले सिन्धुलीमा सबैखाले तरकारीहरुको वीउ संरक्षण र खेती बिकासका काम काजहरु संचालन समेत  भैरहेका छन् । करिव ७ हेक्टर अर्थात ११ विगाहा क्षेत्रफलमा फैलिएको सिन्धुलीमाडी स्थित बागवानी विकास केन्द्रमा उत्पादन भएका तरकारी तथा कन्दमूहरुको बिक्री –विरण बाट वार्षिक रुपमा पचास लाख आम्दानी हुने गरेको जनाईएको छ  ।

बागवानी विकास केन्द्रले काउली, बन्दा, ब्रोकाउली, गोलभेडा, खुर्सानी,लगाएत लहरे तरकारीहरुको विउ वेर्नाहरु स्थानीय किसानहरुलाई सरल दररेटमा विक्री वितरण गर्दै आएको छ । बागवानी विकास केन्द्र बाट काउली, खुर्सानी, बन्दाकोबी,मुला, रायो, सिमी, प्याज जस्ता हिउदे तरकारीका बीउ तथा बेर्ना किनेर आफ्नो खेतबारीमा लगाउने स्थानीय किसानहरुले सोही बजार बाट वीउ वेर्ना खरिद गर्दै आएका छन् । 

सिन्धुली जिल्लामा स्थानीय किसानहरुले उत्पादन गरेका तरकारीहरु जिल्ला सदरमुकाम सिन्धलीमाडी, भिमान, खनियाखर्क, खुर्कोट लगायतका बजारहरुमा बिक्री–वितरण हुने गरेको छ ।
 

प्रतिक्रिया