नागरिक अधिकार उल्लंघन गरेको अभियोगमा जर्मन एयरलाइन्स लुफ्थान्सालाई ४० लाख डलर जरीवाना

एजेन्सी । नागरिक अधिकार उल्लंघन गरेको भन्दै अमेरिकी यातायात विभागले सन् २०२२ मा १२८ यहूदी यात्रुलाई विमानमा चढ्न नदिएको घटनाका लागि जर्मन एयरलाइन्स लुफ्थान्सालाई ४० लाख अमेरिकी डलर जरिवाना तिर्न आदेश दिएको छ ।

सन् २०२२ को मे महिनामा भएको यस घटनाले न्युयोर्क शहरबाट जर्मनीको  फ्रैंकफर्ट हुँदै बुडापेस्टसम्म यात्रा गरिरहेका परम्परागत अर्थोडक्स यहुदी पहिरन लगाएका यात्रुहरूले  विमान चढ्न पाएका थिएनन्। लुफ्थान्साका कर्मचारीले  सन् २०२२ को सो  उडानमा यहूदी यात्रुले  मास्क लगाउनुपर्ने नियम पालना नगरेको भन्दै उनीहरुले टिकट काटेपनि बिमान चढ्न रोक लगाएका थिए । त्यस्तै ती यहूदीहरुलाई कनेक्टिङ फ्लाइटबाट पनि ब्लक गरिएको थियो। यसबारे अमेरिकी यातायात बिभागमा उजुरी परेको थियो ।

अमेरिकाले नागरिक अधिकार उल्लङ्घन गरेको अभियोगमा कुनै पनि वायुसेवा कम्पनीलाई दिइएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो जरिवाना भएको बताइएको छ । तर पछि अधिकांशलाई सोही दिन अन्य उडानहरूमा यात्रा गराइएको थियो । 

अमेरिकी यातायात मन्त्री पिट बुटिगिगले भने, ’कसैले पनि यात्रा गर्दा भेदभावको सामना गर्नु हुँदैन र आजको कार्यले वायुसेवा उद्योगलाई स्पष्ट सन्देश दिएको छ कि हामी यात्रुहरूको नागरिक अधिकार हनन भएमा अनुसन्धान गर्न र कारबाही गर्न तयार छौं।
 

प्रतिक्रिया