मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर अस्पताल भर्ना

एजेन्सी । मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदलाई श्वासप्रश्वासमा समस्या देखिए पछि अस्पताल भर्ना गरिएको छ । 

दुई पटक प्रधानमन्त्री भइसकेका महाथिरलाई ‘लगातार खोकी’ लागे पछि अन्तिम पटक जुलाईमा अस्पताल भर्ना गरिएको थियो । उनका सहयोगीका अनुसार  मङ्गलबार साँझ उनलाई नेसनल हार्ट इन्स्टिच्युटमा भर्ना गरिएको हो ।


महाथिर जुलाइ देखि ९९ वर्ष लागेका छन् । हालैका वर्षहरूमा उनको मुटुमा लगातार समस्या देखिए पछि बाइपास सर्जरी पनि गरिएको थियो। यस वर्षको सुरुमा करिब तीन महिना अस्पतालमा बिताएका उनले जुलाईमा पनि अस्पताल भर्ना भई उपचार गराएका थिए । 

सन् १९८१ देखि सन् २००३ सम्म मलेसियाकोे राष्ट्रिय नेता (प्रधानमन्त्री)को जिम्मेवारी सम्हाल्ने महाथिर चौथो व्यक्ति थिए । उनले सन् २०१८ देखि २०२० सम्म ९२ वर्षको उमेरमा दोस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । 
रासस

प्रतिक्रिया