सवारी दुर्घटना गराए, अस्पताल पुर्‍याए, अनी भागेपछि...

काठमाडौं । सवारी दुर्घटना गराई फरार चालकलाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बानेश्वरको संयुक्त टोलीले सिसीटिभी फुटेज र घटनास्थलको प्राविधिक विश्लेषणका आधारमा ललितपुर महानगरपालिका–१ कुपण्डोलमा लुकेर बसेको अवस्थामा सवारी साधन सहित चालकलाई नियन्त्रणमा लिएको हो ।
 
प्रहरीले मोरङको विराटनगर उप(महानगरपालिका–१७ घर भई हाल कुपण्डोल बस्ने ४० वर्षीय निरज विष्टलाई पक्राउ गरेको छ । निजका साथ बाट बा३च ९४४ नम्बरको कार समेत बरामद गरिएको प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । 

यही असोज २६ गते साँझ काठमाडौं महानगरपालिका–३२ तीनकुने गैरीगाउँ सडकमा सवारी दुर्घटना गरी सर्लाहीको कविलासी नगरपालिका–२ स्थायी घर भएका ५२ वर्षीय विनय रामलाई घाइते पारी सोही सवारी चालकले काठमाडौं मेडिकल कलेज पुर्‍याई फरार भएको प्रहरीले जनाएको छ । 

निजको उपचारका क्रममा यही असोज २७ गते मृत्यु भएको प्रहरीले जनाएको छ ।
रासस 

प्रतिक्रिया