अमेरिकी विमान निर्माता कम्पनी बोइङका कर्मचारी २ महिनादेखि हड्तालमा, कम्पनीले ३५ अर्ब डलर ऋण लिने

काठमाडौं । अमेरिकी विमान निर्माता कम्पनी  बोइङले आफ्ना हजारौं कामदारको हडताल दोस्रो महिनामा प्रवेश गरेसँगै लगानीकर्ता र बैंकबाट ३५ अर्ब अमेरिकी डलर (२६ अर्ब ८० करोड पाउन्ड) ऋण लिने लक्ष्य राखेको जनाएको छ ।

मंगलबार पनि सिएटल शहरमा नागरिक उड्डयनसँग सम्बन्धित ३०हजार  कामदारहरू सहभागी रहेको  र्‍याली आयोजना गरिएको थियो । त्यसमा बिभिन्न कर्मचारी यूनियनको समेत सहभागिता रहेको थियो । 

कम्पनी लगभग १७ हजार कामदारहरू हटाउने योजनाका साथ अगाडि बढिरहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । यस सम्बन्धी पहिलो सूचना यही नाभेम्बरको मध्यमा जारी हुने अपेक्षा गरिएको छ ।
गत हप्ता कम्पनीले चार वर्षको अवधिमा ३० प्रतिशत तलब वृद्धि गर्ने प्रस्ताव फिर्ता लिएपछि हड्ताल अन्त्य गर्ने वार्ता विफल भएको थियो ।

बोइङले २५ अर्ब अमेरिकी डलरबराबरको स्टक र ऋण लगानी जुटाउने योजना बनाएको छ र उसले प्रमुख बैंकहरूसँग १० अर्ब डलरसम्म ऋण लिने सम्झौता गरेको जनाएको छ । यसपछि कम्पनीको शेयर मूल्य २.२ प्रतिशतले बढेको छ ।

बोइङले आफ्नो कर्मचारीमा १० प्रतिशत कटौती गर्ने घोषणा गरेको केही दिनपछि नै नयाँ कोष जुटाउने कदम चालिएको हो । कामदार कटौती गर्दा उनीहरुले पाउने सबै सेवा सुविधाको भुक्तानी दिइने पनि जनाइएको छ । 
हड्तालका कारण कम्पनीले आफ्ना ७ एक्स विमानको डेलिभरी एक वर्ष ढिला हुने पनि जनाएको छ ।
 

प्रतिक्रिया