सुनको मूल्यमा नयाँ रेकर्ड कायम

काठमाडौं । सुनको मूल्य हाल सम्मकै उच्च भएको छ ।

बुधबार सुनको भाउ हाल सम्मकै उच्च प्रतितोला १ लाख ६१ हजार ८ सय रुपैयाँ कायम भएको छ । यस अघि उच्चतम मूल्य असोज १८ गते १ लाख ६१ हजार ३ सय रुपैयाँ कायम भएको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्यले हाल सम्मको सबै रेकर्ड तोड्दै कीर्तिमान बनाएको हो । मंगलबार भने सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै, चाँदी प्रतितोला २५ रुपैयाँले बढेको छ । मंगलबार तोलामा १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ । 

प्रतिक्रिया