भीर बाट फालेर ६ वर्षीय छोराको हत्या

बागलुङ । ताराखोला गाउँपालिकाका स्थायी बासिन्दा केशव पुनले आफ्नो छ वर्षीय छोरालाई भीरमा फालेर हत्या गरेका छन् । 

अभियुक्तले मंगलबार राति छ वर्षीय छोरा किस्मतलाई भीर बाट काठेखोलामा फालेको खबर प्रत्यक्षदर्शीले प्रहरीलाई गरे पछि उनी पक्राउ परेका थिए ।

बजार क्षेत्र नजिकको भीर बाट उनले छोरालाई फालेको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी प्राप्त हुना साथ परिचालन भएको प्रहरीले खोला बाट बालकको शव बरामद गरेको थियो । 
रासस 

प्रतिक्रिया