मुग्लिन–नारायणगढ सडक खण्ड फेरि अवरुद्ध
कालीखोलामा पहिरो गएपछि मुग्लिन–नारायणगढ सडक खण्ड फेरि अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिकामा रहेको कालीखोला पुल नजिक अविरल वर्षापछि माथिबाट आएको लेदोका कारण सडक अवरुद्ध भएको हो । बाटोमा लेदो थुप्रिएको कारण सडक खण्ड भएर चल्ने गाडी रोकिएका सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । पहिरो पन्छाउन केही समय लाग्ने कार्यालयले जनाएको छ । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक पटक पटक बन्द हुँदै आएको छ । यो सडकमा दैनिक औसतमा १० हजार गाडी आउजाउ गर्ने भएपनि बर्षामा यात्रा कस्टकर हुँदै आएको छ ।।
प्रतिक्रिया