कर छलेर ल्याइएका सामान बरामद

वीरगञ्ज । सशस्त्र प्रहरी बलले  १० लाख मूल्य बराबरका भन्सार छलीका सामान बरामद गरेको छ । 

बरामद गरिएका सामानमा ‘मोटरपार्टस्, कस्मेटिक, मोबाइल एसेसरिज’ छन् । सशस्त्र प्रहरी बलका नायब उपरीक्षक नरेन्द्रसिंह धामीका अनुसार सवारी साधन सहित भन्सार छलेर भित्र्याएका सामान भन्सार कार्यालयलाई बुझाइएको छ । 

यही असोज २३ गते पनि भन्सार छलेर गोदाममा राखेको २१ लाख २१ हजार ८ सय बराबरका कपडा बरामद गरेको थियो ।  
रासस 

प्रतिक्रिया