काभ्रेमा डेंगु संक्रमण बढ्दो

काभ्रे । काभ्रेमा डेङ्गु सङ्क्रमण बढदो क्रममा देखिएको छ । पछिल्लो २४ घण्टामा ३ महिला र ३ पुरुषमा डेङ्गु संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । 

चालु आर्थिक वर्षको करिव ३ महिनामा संक्रमितको संख्या २ सय ६२ पुगेको छ । साउन १ गते देखि हाल सम्म १३४ पुरुष र १ सय २८ जना महिला संक्रमित भएका छन् । सबैभन्दा बढी डेङ्गु संक्रमण बनेपामा देखिएको छ भने खानीखोला गाउँपालिकामा हाल सम्म डेङ्गु संक्रमित फेला परेका छैनन् । 

बनेपा नगरपालिकामा ८२ जना, पनौतीमा ५० जना, धुलिखेलमा ४४ जना, भुम्लु गाउँपालिकामा २३ जना, मण्डनदेउपुर नगरपालिकामा १९ जना, पाँचखालमा १८ जना, नमोवुद्धमा ११ जना, रोशी गाउँपालिकामा ९ जना, बेथानचोकमा ३ जना, तेमाल, महाभारत र चौंरीदेउराली गाउँपालिकामा १÷१ जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ ।

काभ्रेमा डेङ्गुु संक्रमण बढ्दै गए पछि सरकारी स्तर बाटै अभियान सञ्चालन गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेनाको कालिजंग गण, सशस्त्र प्रहरी र जिल्ला जनस्वास्थ्य कार्यालयले संयुक्त रुपमा अभियान सञ्चालन गर्न लागिएको छ । 

धुलिखेल, बनेपा र पनौतीमा जिल्लास्तरीय टोलीले संयुक्त रुपमा जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्नेछ भने अन्य पालिकामा प्रहरी चौकी सहित स्थानीय तह मार्फत सचेतना अभियान सञ्चालन हुनेछ ।

प्रतिक्रिया