अर्जेन्टिनाको जितमा मेसीको ह्याट्रिक

काठमाडौं । अर्जेन्टिनाले बोलिभियाको पोष्टमा आधा दर्जन गोल गरेको छ । दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गतको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ६–० गोल अन्तरले पराजित गरेको हो । 

अर्जेन्टिनाको जितमा लियोनेल मेसीले ह्याट्रिक गरे । त्यस्तै,  लौतारो मार्टिनेज, जुलियन अल्भारेज र थियागो अल्माडाले एक एक गोल गरेका थिए । यस खेलमा मेसीले २ गोल असिस्ट गर्दै राष्ट्रिय टिमका लागि अहिले सम्म ५७ गोल असिस्ट गरेका छन् । 

त्यस्तै मेसीले यस खेलमा तीन गोल गरे सँगै उनको राष्ट्रिय टिमका लागि कुल गोल संख्या ११२ पुगेको छ । त्यस्तै, उनको क्यारियर गोल संख्या ८ सय ४६ पुगेको छ । घरेलु टिम ब्राजिल भने ४–० ले विजयी भएको छ । ब्राजिलका लागि राफिन्हाले दुई गोल गरे  भने  हाफा आन्द्रेस परेरा र लुइज हेनरिकले एक एक गोल थपे । यो जित पछि ब्राजिलको दस खेल बाट १६ अंक भएको छ र अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । 

अर्जेन्टिनाको विश्वकप छनौटमा १० खेलमा २२ अंक सहित शीर्ष स्थानमा रहेको छ । त्यस्तै, बोलिभियाको १० खेलमा १२ अंक सहित सातौं स्थानमा रहेको छ ।  अर्जेन्टिना पछाडि कोलम्बियाको १९ र उरुग्वेको १६ अंक छ । यस अघिका खेलमा कोलम्बियाले चिलीलाई ४–० र पाराग्वेले भेनुजुएलालाई २–१ ले हराएको थियो । 

यस्तै, उरुग्वे र इक्वेडरले गोल रहित बराबरी खेलेका थिए ।
 

प्रतिक्रिया