महिला टि-२० विश्वकप : वेस्ट इन्डिज सेमिफाइनलमा

काठमाडौं । इंग्ल्यान्डलाई पराजित गर्दै वेस्ट इन्डिज महिला टि–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

मंगलबार राति भएको खेलमा इंग्ल्यान्डलाई ६ विकेटले पराजित गर्दै वेस्ट इन्डिज महिला टि–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो। यो सगैँ आइसीसी महिला टी–२० विश्वकपको सेमिफाइनलको समीकरण पुरा भएको छ । समुह चरणका खेल सकिए सँगै सेमिफाइनलमा पुग्ने चार देशको टुंगो लागेको हो । 

समुह ए बाट अस्ट्रेलिया र न्यूजिल्याण्ड सेमिफाइनलमा पुगेका छन् भने समुह बी बाट वेस्ट इन्डिज र दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेका हुन् । समुह ए बाट भारत, पाकिस्तान र श्रीलंका तथा समुह बी बाट इङल्याण्ड, बंगलादेश र स्कटल्याण्ड समुह चरणबाटै बाहिरिएका छन् । अब सेमिफाइनलमा अस्ट्रेलिया र दक्षिण अफ्रिका तथा न्यूजील्याण्ड र वेस्ट इन्डिज खेल्ने भएका छन् । 

पहिलो सेमिफाइनल खेल अस्ट्रेलिया र दक्षिण अफ्रिका बीच बिहिबार हुने छ भने दोस्रो सेमिफाइनल खेल शुक्रबार न्यूजील्याण्ड र वेस्ट इन्डिज बीच हुने छ । त्यस्तै, फाइनल खेल आइतबार हुने छ ।

प्रतिक्रिया