गाजामा मानवीय सहयोगको वातावरण बनाउन इजरायललाई अमेरिकाको चेतावनी

एजेन्सी । अमेरिकाले इजरायललाई गाजामा मानवीय सहायताको पहुँच बढाउन ३० दिनको समय दिएको छ । 

३० दिनभित्र मानवीय सहायताको पहुँच नबढाए इजरायललाई दिइने सैन्य सहायता कटौती गर्ने जोखिम उत्पन्न हुने अमेरिकाको चेतावनी छ । अमेरिकी विदेशमन्त्री एन्टोनियो ब्लिन्केन र रक्षा मन्त्री लियोर्ड अस्टिनले इजरायललाई गाजाको विषयमा वाशिंगटनको चासो रहेको बताउँदै लिखित पत्रमार्फत ३० दिने अल्टिमेटम दिएको अमेरिकी विदेश विभागका प्रवक्ता म्याथ्यु मिलरले जानकारी दिए । 

प्रवक्ता मिलरले नियमित पत्रकार सम्मेलनमा पत्रकारहरूलाई विभिन्न अवरोध पार गर्दै गाजामा मानवीय सहायता प्राप्त गर्न सम्भव जिवित रहेको बताए । इजरायलले उत्तर तर्फ गरेको ‘भयानक’ आक्रमणलाई उद्धृत गर्दै नागरिकहरूको सुरक्षाका लागि इजरायलले गरेको प्रयासको आलोचना समेत गरे । 

अन्तराएष्ट्रिय सञ्चार माध्यमका अनुसार अमेरिकाको चेतावनी उत्तरी गाजामा नयाँ इजरायली आक्रमणको बीचमा आएको बताइएको छ । इजरायली सेनाले उत्तरी गाजा तर्फ नयाँ मोर्चा खोलेको कारण त्यहाँ ठूलो संख्यामा नागरिक हताहत भएको विषयलाई लिएर अमेरिकाले आपत्ती जनाएको छ ।  

गाजामा बिग्रँदै गएको मानवीय अवस्थाको बारेमा अमेकिराको गहिरो चासो रहेको र इजरायलले गत महिना उत्तर र दक्षिण बीचको करिब ९० प्रतिशत मानवीय सहायतालाई बाधा पुर्‍यारुएको समेत पत्रमा स्पष्ट पारिएको प्रवक्ताको भनाइ छ । 

अमेरिकाले पठाएको पत्रको समीक्षा इजरायलले गरिरहेको इजरायलले जनाएको छ । इजरायली सेनाले मानवीय सहायतालाई बाधा नपुर्‍याइ उत्तरमा हमास लक्षित आक्रमण गरेको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया