आज विश्व खाद्य दिवस मनाइँदै

काठमाडौं । आज ४४ औं विश्व खाद्य दिवस विश्वभर मनाइँदैछ । 

नेपालमा भने सरकारी तबर बाट असोज २१ गते नै यो दिवस मनाइसकिएको छ । अन्य खाद्य सुरक्षा र अधिकारका क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाले आज मनाउँदैछन् । 

यो वर्ष ‘सुखी जीवन र समुन्नत भविष्यका लागि खाद्य अधिकार’ भन्ने नारा तय गरिएको छ । विश्वव्यापी भोकमरी र कुपोषण विरुद्ध सचेतना जगाउने उद्देश्यले यो दिवस मनाइन्छ । दिवसको दिन खाद्य सुरक्षा र सबैका लागि पौष्टिक खानामा पहुँच सुनिश्चित गर्नमा जोड दिने गरिएको छ ।  

संयुक्त राष्ट्र संघको आह्वानमा प्रत्येक वर्ष अक्टोबर १६ मा विश्व खाद्य दिवस मनाइन्छ ।

प्रतिक्रिया