मिथिला क्षेत्रमा ‘कोजाग्रत पर्व’को तयारी

महोत्तरी । मिथिलाञ्चलमा आज ‘कोजाग्रत पर्व’को तयारी शुरु भएको छ । 

असोज शुक्ल पूर्णिमाको रात मनाइने यो पर्वमा सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरिन्छ । पूर्णिमा तिथि आज साँझ सुरु भएपछि कोजाग्रतका विधि प्रारम्भ गरिने छ । 

असोज शुक्लपक्षको साँझ सम्पन्नताकी देवी महालक्ष्मी पृथ्वीको विचरणमा आउने र ‘को जागैछन् ?’ भनेर हेर्ने हुँदा यस दिनलाई ‘कोजगरा’ (कोजाग्रत) भनिएको पाका मैथिल बताउँछन् । मिथिलामा यो रात जाग्राम बस्ने चलन छ । कोजाग्रत पूर्णिमाका दिन जनकपुरको जानकी मन्दिरमा विशेष पूजा गरिन्छ ।

पान, मखान सहित महालक्ष्मीको पूजा आराधना गरिन्छ । भोलि पल्ट सूर्योदय भए पछि कोजाग्रत पूजा समापन गरिन्छ । कोजाग्रतमा महालक्ष्मीको आराधना गर्नाले कहिल्यै दरिद्र नहुने जनविश्वास छ । कोजाग्रतका दिन मिथिलामा दूध मखान र पान पनि खाने चलन छ । पान, मखान दुवै सौन्दर्य र सुखको प्रतीक मानिन्छन् । 

यसै परम्पराले कोजाग्रतमा पान र मखानको विशेष महत्व छ ।

रासस 

प्रतिक्रिया