हुम्लाका तीनवटा गाउँमा पहिरोले ठूलो क्षति, २५ जनालाई सुरक्षित स्थानमा सारियो

नौ सय भन्दा धेरै घर जोखिममा

हुम्लाका तीनवटा गाउँमा पहिरोले ठूलो क्षति भएको छ । अविरल वर्षापछि गएको पहिरोले हुम्लाको सर्केगाढ गाउँपालिका बडा नमबर २, ३, ६ र ८ मा पहिरोले ठूलो भौतिक क्षति गरेको हो ।  पहिरोका कारण हुम्लामा तीन गाउँका ९ सय ५० घरधुरी जोखिममा परेका छन् । सदरमुकाम सिमकोटबाट ३२ कोष टाढा रहेका रादेउ, उनापानी ग्युँसी र रिप गाउँमा शुक्रबार राति गएको पहिरोले पुल–पुलेसा, खेतबारी, सडक, खानेपानी र बालीनालीमा क्षति पुगेको हो । पहिरोबाट घर, जलविद्युत आयोजना, बाटोलगायत संरचनामा क्षति पुगेको तर, मानवीय क्षतिको भने खबर आएको छैन । रिप गाउँमा दुई वटा खोलाको बाढी गाउाँमा पसेपछि २५ जनालाई सुरक्षित स्थानमा सारिएको पनि प्रहरीले जनाएको छ । सिपगाड तर्नका लागि बनाइएका तीन वटा काठे पुल पहिरोले बगाएको छ । तातोपानी लघु जलविद्युत् आयोजनाको पावर हाउस र तातोपानीका कुण्डहरू पुरिएका छन । पहिरोले १८ किलोवाट क्षमताको तातोपानी लघुजल विद्युत् र १५ किलोवाट क्षमताको रिपगाड लघुजलविद्युत परियोजनाको पावर हाउसमा क्षति पु¥याएपछि रिप र उनापानीका छ सय १५ घरधुरी बिजुलीविहीन भएका छन् । शुक्रबार र शनिबार उक्त गाउँहरूमा पहिरो गएको हो । गाउँमाथिको ठुलो पहाड चिराचिरा पर्न थालेकाले जोखिम कायमै रहेको स्थानीयको भनाइ छ । क्षतिको अनुगमन तथा उद्धारका लागि सदरमुकामबाट सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ गए पनि सर्केगाड नपुग्दै चिसामुल भन्ने स्थानमा पहिरो गएपछि खार्पुनाथको सुनखाडामा रोकिएका छन् । प्रहरी निरीक्षक राजन भट्टराई नेतृत्वमा गएको ७० जना सुरक्षाकर्मीको टोली सुनाखाडा मै रोकिएको हो ।
 

प्रतिक्रिया