पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर  एक , डिजेल र मट्टितेलमा प्रतिलिटर चार रुपैयाँले वृद्धि गरेको हो । 

मूल्य समायोजन सँगै पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर एक सय ५६.५०, दोस्रो वर्गमा  एक सय ५८ र तेस्रो वर्गमा  एक सय ५९ तथा डिजेल र मट्टितेल पहिलो वर्गमा एक सय ४८.५०, दोस्रो वर्गमा एक सय ५० र तेस्रो वर्गमा एक सय ५१ कामय भएको छ । 

निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवासी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल स्थित डिपोलाई वर्गीकरण गरेको छ । 
रासस

प्रतिक्रिया