थाइल्याण्डको एक पटका गोदाममा भिषण विस्फोट

कम्तिमा नौ जनाको मृत्यु एक सय भन्दा धेरै घाईते

दक्षिणी थाइल्याण्डको एउटा पटका गोदाममा भएको विस्फोटमा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने सयभन्दा बढी घाइते भएका छन् ।सुङ्गाई गोलोक नामक सहरमा विस्फोट भएको हो । सुनगाई सहरको भवनमा वेल्डिङको काम चलिरहेको समयमा विस्फोट भएको हो । स्थानीय सञ्चारमाध्यमहरूले देखाइएका भिडियोहरूले क्षेत्रमा व्यापक क्षति भएको देखिएको छ । विस्फोटका कारण भवनमा आगलागी भएको र यसका कारण क्षेत्रका धेरै भवनमा क्षति पुगेको छ । विष्फोटका कारण गाडी, पसल र घरका झ्यालका सिसा उडेका छन । कतिपय भवनमा छाना उडेका छन्  भने पर्खालहरु भत्किएका छन् । 

प्रतिक्रिया