दक्षिणी लेवनानबाट शान्ति सैनिक हटाउन इजरायलले गरेको आग्रह राष्ट्र संघद्वारा अस्वीकार

एजेन्सी । संयुक्त राष्ट्र सङ्घले दक्षिणी लेबननमा  शान्ति स्थापनाका लागि खटिएका राष्ट्र संघका  सैनिकहरू हाल रहेको स्थानबाट कतै नहट्ने बताएको छ । 

इजरायलले दक्षिणी लेवनानमा मुस्लिम लडाकू समूह हिजबुल्लाह लक्षित आक्रमण गरिरहेकोमा सो स्थानमा रहेका संयुक्त राष्ट्र संघका शान्ति स्थापक सैनिकलाई हाल उनीहरु बसिरहेको स्थानबाट हट्न आग्रह गरेको थियो । तर त्यहाँ रहेका शान्ति सैनिक कुनै पनि स्थानबाट अन्यत्र नहट्ने बताउँदै इजरेलले शान्ति सैन्य हटाउन गरेको आह्वानलाई राष्ट्र संघले अस्वीकार गरेको छ । 

संयुक्त राष्ट्र संघीय शान्ति स्थापना कार्यका प्रमुख जँपीएर लाक्र्वाले अमेरिकाको न्यू योर्कमा पत्रकारहरूसँग कुरा गर्दै लेबननमा युनिफिल सैन्यलाई तिनको हालकै स्थानमा कायमै राख्ने निर्णयलाई सुरक्षा परिषद र उक्त सैन्यमा आफ्ना सैनिकहरू पठाउने सदस्य राष्ट्रहरूको पूर्ण समर्थन रहेको बताएका छन्।

 आइतबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले संयुक्त राष्ट्र सङ्घलाई दक्षिणी लेबननबाट आफ्ना शान्ति स्थापक सैनिकलाई हटाउन भनेका थिए । तर संयुक्त राष्ट्र सङ्घ शान्ति सैनिकहरूलाई तिनीहरू कायम रहेका स्थानबाट अन्यत्र नलैजाने निर्णयमा दृढ देखिएको छ। एजरायलले आफ्ना देशका लागि हिजबुल्लाह खतरनाक भएको भन्दै दक्षिणी लेवनानमा रहेको हिजबुल्लाहको सैन्य शिबिर लक्षित आक्रमण तीब्र पारेको छ । 

इजरायलले प्यालेष्टिनी लडाकू समूह हमासलाई लेवनानमा रहेको हिजबुल्लाहले सघाइरहेको भन्दै आक्रमण गरिरहेको छ ।

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायमाथि एक्कासी आक्रमण गरेर १२ सय इजरायली नागरिकको हत्या गरेको थियो भने २ सय ५० जनालाई अपहरण गरेको थियो । त्यसपछि इजरायल र हमासबीचको युद्ध जारी छ । हमासलाई विश्वकै शक्तिशाली मानिने मुस्लिम लडाकू समूह हिजबुल्लाहले हातहतियार सहित सघाइरहेको छ । हिजबुल्लाहलाई भने इरानले सघाइरहेको छ ।  
 

प्रतिक्रिया