पुबुदु जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल टोली जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके नियुक्त गरेको छ । 

मंगलबार जनकपुर बोल्ट्सले सामाजिक संजाल मार्फत पुबुदुलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको हो । जनकपुरको मार्की खेलाडी आसिफ शेख छन् । 

जनकपुरका मुख्य प्रशिक्षक पुबुदु नेपाली राष्ट्रिय टोलीको पूर्वमुख्य प्रशिक्षक समेत हुन् । उनले दुई पटक नेपाली राष्ट्रिय टोली सम्हालेका थिए । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आउँदो मंसिर १५ देखि पुस ६ गते सम्म हुँदैछ । 

एनपिएलमा ८ फेन्चाइज टोली सहभागी छन् ।

प्रतिक्रिया