नेपाल द्वारा लेबनानमा शान्ति सैनिक माथि इजरायलले गरेको आक्रमणको निन्दा

काठमाडौं । नेपालले लेबनानमा शान्ति सैनिक माथि इजरायल बाट हालै भएको आक्रमणको निन्दा गरेको छ । 

परराष्ट्र मन्त्रालयले आक्रमणको निन्दा गर्दै घटनाको जाँच गर्न र सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह गरेको हो । सामाजिक सन्जाल एक्समा मन्त्रालयले नेपाल संयुक्त राष्ट्र संघको अन्तरिम बलका शान्ति सैनिक माथि हालै भएको आक्रमणको कडा निन्दा गरेको उल्लेख गरेको हो । 

साथै, मन्त्रालयले संघर्षरत सबै पक्षलाई संयुक्त राष्ट्र संघकर्मीको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ । आक्रमण तत्काल रोक्न घटनाको गहन अनुसन्धान गर्न समेत सरकारले माग गरेका छ । दक्षिणी लेबनानमा रहेको शान्ति मिसनको आधार शिविरमा इजरायली सेना आइतबार जबर्जस्ती प्रवेश गरे पछि संसारभर बाट विरोध भैरहेको छ । 

इजरायली सेनाले हिजबुल्ला लक्षित आक्रमण गर्दा ६ जना शान्ति सैनिक समेत घाईते भएको राष्ट्रसंघले जनाएको छ ।
 

प्रतिक्रिया