इजरायली आक्रमणमा परी लेबनानमा २१ जनाको मृत्यु

एजेन्सी । इजरायली सेनाले उत्तरी लेबनानमा गरेको आक्रमणमा परी कम्तिमा २१ जनाको मृत्यु भएको छ । 

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार उत्तरी लेबनानमा इजरायली सेनाले गरेको हवाई आक्रमणमा परी ८ जना घाइते भएका छन् । लेबनानले गरेको आक्रमणमा ४ इजरायली सेनाको मृत्यु भएपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले लेबनानको हरेक क्षेत्रमा आक्रमण गर्ने चेतावनी दिएका थिए । 

उनको चेतावनी लगतै इजरायली सेनाले आक्रमण गरेको हो । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो एक महिनामा इजरायलले गरेको आक्रमणमा परी १ हजार ७ सय जनाको मृत्यु भएको छ ।

यसैबीच, इजरायली सेनाले गाजामा गरेको आक्रमणमा परी २९ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

प्रतिक्रिया