काभ्रेका बाढी पीडित अझै सुरक्षि बासस्थानको पर्खाइमा

काभ्रे । असोजको दोस्रो सातामा पानी सहित आएको बाढी र पहिरोले काभ्रेको विभिन्न स्थानमा क्षति पुर्‍याएको छ । काभ्रेको १३ वटा स्थानीय तहमध्ये बेथानचोक गाउँपालिकामा पनि धेरै जनधनको क्षति भएको छ । जहाँ १२ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएको छ । 

बाढी र पहिरो बाट पालिकाभर करिब ६ सय घर परिवार विस्थापित भएका छन् । बाढी पहिरो बाट प्रभावितहरु भने सुरक्षित बासस्थानको पर्खाइमा रहेका छन् । 
 
बेथानचोक गाउँपालिकामा बाढी र पहिरोले अरौंबोंको क्षति भएको छ । यहाँ अहिले बाटो, बिजुली, सञ्चार लगायतका पूर्वाधारका सेवामा अवरुद्ध भएको छ । पालिकाको प्रशासनिक भवनको कार्यालयमा बाढी पसेकाले कार्यालयमा भएका महत्वपूर्ण कागजातहरु काम नलाग्ने भएका छन् । 

बेथानचोक गाउँपालिकाको वडा नं ४, वडा नं २, वडा नं ३ र वडा नं ५ मा धेरै क्षति भएको छ । पालिकामा बाढी र पहिरोका कारण अवरुद्ध बिजुली, सडक बाटो, सञ्चार, खानेपानी लगायतका अत्यावाश्यक सेवाहरु भने सुचारु भएको छ । 

नेपाल विद्युत प्राधिकरण, पालिकाको सहकार्यमा पालिकाको सबै वडामा विद्युत जडानको कार्य भइरहेको छ । 

प्रतिक्रिया