भुजहवा पञ्चशिल बुद्ध विहारमा धम्म दीक्षा

नवलपरासी । धम्म दीक्षा दिवसका अवसरमा सरावल गाउँपालिका–७ स्थित भुजहवा पञ्चशिल बुद्ध विहारमा कार्यक्रम आयोजना गरिएको छ ।  

तत्कालीन सम्राट अशोकले कलिंग राज्य माथि विजय प्राप्त गरे पश्चात् असोज महिनाको शुुक्लपक्षको दशमीको दिन धम्म दीक्षा आयोजना गर्ने परम्परा रहिआएको छ ।  

विश्व बौद्ध धम्म सङ्घ  नेपालका अध्यक्ष बालचन बौद्धका अनुसार सम्राट अशोकले पुज्य भन्ते मोग्गली तिस्स पुत्तबाट बौद्ध धम्मको दीक्षा लिएर बौद्ध धम्मलाई राज धम्म बनाएका थिए । यस पछि गौतम बुद्धको जन्मस्थल लुुम्बिनीमा अशोकस्तम्भ निर्माण भएको  बताइएको  छ । सोदिनलाई  अशोक विजया दशमीको नाम बाट बुुझिने जनाइएको छ  । 

भगवान् गौतम बुद्धको अष्टधातुुलाईु आठ भागमा वितरण गरेको मध्ये रामग्राम स्तूप पनि हो । यसलाई उत्खनन गर्न आउने क्रममा त्यहाँका नागवंशीले उत्खनन गर्न नदिए पछि फर्केका थिए । कार्यक्रममा अधिवक्ता मनोजकुमार नागवंशीले रामग्राम स्तूपालाई उत्खनन गर्न नदिनका लागि नागवंशीले आफ्नो ज्यान समेत दिन त्यार भए पछि सम्राट अशोक फर्केका थिए ।
 
अध्यक्ष बालचनको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सरावल–७ का वडाध्यक्ष हेयात खान धुनिया लागायतको उपस्थिति रहेको थियो ।
रासस

प्रतिक्रिया