ताइवानलाई घेरेर चीनको सैन्य अभ्यास

एजेन्सी । चिनियाँ अभ्यास सुरु भए पछि ताइवानले पनि आफ्ना सैन्य जहाजहरू उडाएको छ । 

आफ्नो क्षेत्रमा चिनियाँ अभ्यास सुरु भए पछि ताइवानले पनि आफ्ना सैन्य जहाजहरू उडाएको हो । अभ्यासको अमेरिकाले निगरानी गरिरहेको छ । चीनले टापुराष्ट्र ताइवान वरपर सैन्य अभ्यास गरिरहेको छ । त्यसमा उसका स्थल, जल र वायुसेनाले सहभागिता जनाइरहेका छन् । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार चीनले आफ्नो सैन्य अभ्यासलाई उक्त स्वशासित टापुको स्वतन्त्रता खोज्ने विरुद्धको कडा चेतावनी भनेको छ । चीनले ताइवानलाई घेरेर सुरु गरेको सैन्य अभ्यासलाई ताइवानका राष्ट्रपति विलियम लाईले गत साता गरेको एउटा भाषणको प्रतिक्रियाका रूपमा हेरिएको छ । 

सो भाषणमा उनले ताइवानलाई चीनमा गाभ्ने कार्यको प्रतिरोध गर्ने वाचा गरेका थिए । 
 

प्रतिक्रिया