सकियो दशैं बिदा, आज देखि सरकारी कार्यालय खुला

काठमाडौं । मंगलबार देखि सरकारी कार्यालय खुला भएका छन ।  

बडा दशैंको फूलपातीका दिन देखि बिदा रहेका सरकारी कार्यालय मंगलबार बाट खुलेका हुन् । सरकारले दशैं मनाउन ५ दिन बिदा दिएको थियो ।  मंगलबार बाट कार्यालय खुल्ने भए पछि सोमबार बाट दशैको अन्य दिनको तुलनामा उपत्यकामा सवारी आवागमन बढेका थिए ।

दशैंको टीका लगाउने सर्वसाधारणको आवतजावतका साथै उपत्यका बाहिर गएका सर्वसाधारणहरू समेत उपत्यका फर्कन थाले पछि उपत्यकामा सवारी आवागमन बढेको हो । यस वर्षको दशैंमा झण्डै १३ लाख सर्वसाधारण उपत्यका बाट बाहिरिएका थिए । काठमाडौं उपत्यका बाहिर स्थायी बसोबास भएका तथा मान्यजनको हात बाट दशैँमा टीका तथा आशीर्वाद ग्रहण गर्न गएका कर्मचारी, विद्यार्थी, शिक्षक, व्यापारी लगायत फर्क ेपछि काठमाडांै उपत्यकाको जनजीवन सामान्य बन्दै गएको छ ।

यसपटक धेरैजसो सडकको यात्रा कष्टकर हुने भएकाले पनि जरुरी काम पर्नेबाहेक अरुले खासै यात्रा गरेका छैनन् । कतै सडक एक तर्फी मात्रै खुलेका छन् भने दुई तर्फी खुलेका सडक पनि धुलाम्मे र हिलाम्मे छन् । काठमाडौंलाई पूर्वी नेपाल सँग जोड्ने भरपर्दो मानिएको बी.पी. राजमार्गको १२ किलोमिटर सडक नै बाढीले बगाए पछि यो सडकको यात्रा अनिश्चित छ । 

बी.पी. राजमार्गको विकल्पमा हेटौँडा बाट काठमाडौं आउने गाडीका कारण हेटौँडा–काठमाडौं छोटा सडकमा गाडीको चाप छ । यस्तै, काठमाडांै–नौबिसे मुग्लिन सडक ठाउँ ठाउँमा पहिरोले बिग्रिएकाले कतै जाम र कतै कष्टकर यात्रा रहेको छ । पूर्व पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक धुलाम्मे र खाल्डाखुल्डी हुँदा यात्रुले सास्ती ब्योहोर्नु परेको छ ।

प्रतिक्रिया