सुनसरीमा बाढीले दुई करोडको तरकारी बाली क्षति

सुनसरी । असोज ११ र १२ गते आएको बाढीले सुनसरीमा दुई करोड ५० लाख रुपैयाँ बराबरको तरकारी बाली क्षति भएको छ । 

सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाका हरिनगर, देवानगन्ज, भोक्राहा, बराहक्षेत्र लगायतका स्थानमा तरकारी बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख निलकमल सिंहले जानकारी दिए । बाढीले बन्दा, भण्टा, लौका, फर्सीलगायत तरकारी बालीमा क्षति पुगेको हो । 
 
स्थानीय किसान रामबृक्ष मेहता बाढीले तरकारी बालीमा क्षति पुगेपछि आम्दानीको स्रोत गुमाउनुपरेको बताए । बाढीले ५० हेक्टरमा लगाएको  एक लाख ८० हजार रुपैयाँ बरावरको उखुबालीमा क्षति भएको उनले बताए । 

जिल्लामा आठ हजार एक सय ५३ हेक्टर क्षेत्रफलमा तरकारी खेती तथा पाँच हजार आठ सय ७७ हेक्टरमा उखु खेती गरिँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

प्रतिक्रिया