भारतीय वन रक्षकले हानेको गोली लागेर एक नेपाली घाइते

काठमाडौं । भारतीय सशस्त्र वन रक्षकले हानेको गोली लागेर एक नेपाली घाइते भएका छन् । 

बर्दियाको गुलरिया नगरपालिका–८ आशापुर टोलका बलराम लोध घाइते भएका हुन् । बलराम च्याउ टिप्न साथीहरुसँगै आइतबार साँझ सीमावर्ती मुर्तियाको जंगलमा पुगेका थिए । आफूहरुलाई देख्नासाथ भारतीय सशस्त्र वन रक्षकको गस्ती टोलीले दुई राउन्ड गोली चलाएको घाइते बलरामले बताए । 

नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचाररत उनको टाउको, ढाड, हात र खुटटामा १६ वटा छर्रा लागेको छ । 

प्रतिक्रिया