संविधान संशोधनको वहानामा प्राप्त उपलब्धि खोस्ने षड्यन्त्र भइरहेको अध्यक्ष यादवको भनाई

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनको वहानामा प्राप्त महत्वपूर्ण उपलब्धि खोस्ने षड्यन्त्र भइरहेको बताएका छन् ।

सोमबार पार्टीले संचालन गरेको अभियानको अनुगमन गर्न सप्तरीको क्षेत्र नं. १ को सीतापुरमा पुगेका अध्यक्ष यादवले अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष यादवले अहिलेसम्म आधा दर्जन भन्दा बढी संविधान निर्माण भए पनि मुलुकमा अशान्ति, भेदभाव जस्ता कुरीति अन्त्य हुन नसकेको बताए । उनले संविधान संशोधन नभई पुनर्लेखन नै आवश्यक रहेको जिकिर गरे ।  

अध्यक्ष यादवले मुलुकमा बिद्यमान सबै खाले बिभेदको अन्त गरी समता मुलक समाजको निर्माण गर्नु नै पार्टीको मुल लक्ष्य रहेको बताए । मुलुकमा अझै पनि एकै जातिको वर्चस्व कायम रहेको उल्लेख गर्दै अध्यक्ष यादवले असमानता कायम रहेसम्म मुलुकले फड्को मार्न नसक्ने दाबी गरे । उनले मुलुकमा गरिबी, बेरोजगारी, भ्रष्टाचार उत्कर्षमा पुगेको बताए । 

 उनले पार्टीको लक्ष्य हाँसिल गर्नका लागि संगठन चुस्त र अनुशासित बनाउनुपर्नेमा जोड दिए । 

प्रतिक्रिया