सिसापाङमा हिमाल आरोहण गरी कीर्तिमान बनाउन सफल नेपाली पर्वतारोहीहरुको भव्य स्वागत

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ९ जना विश्वकीर्तिमानी आरोहीहरुलाई भव्य स्वागत गरिएको छ । 

सोमबार नेपाल पर्वतारोहण संघले चीनको शिशपाङ्मा हिमालको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेर फर्किएका पर्वतारोहीहरूलाई विमानस्थलमा स्वागत गरेको हो । 

विश्वका आठ हजारभन्दा अग्ला १४ वटा शिखरहरू चुम्ने पहिलो नेपाली महिला बनेकी दावा याङ्जुम शेर्पा, विश्वकै सबैभन्दा कान्छो आरोही बन्न सफल भएका १८ वर्षीय निमा रिञ्जी शेर्पा, अक्सिजनबिना ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरू छोटो समयमा आरोहण गर्न सफल निर्मल पुर्जासहित ९ जना नेपाली पर्वतारोहीहरुलाई बाजागाजासहित भव्य रुपमा स्वागत गरिएको हो । 

कीर्तिमानी आरोहीहरूको स्वागतमा विमानस्थल परिसरमा विभिन्न समुदायका मानिसहरू आफ्नो पहिचान झल्किने भेषभूषामा उपस्थित भएका थिए । कीर्तिमान आरोहीहरुलाई बानेश्वर, त्रिपुरेश्वर, ठमेल हुँदै भृकुटीमण्डपसम्म नगरपरिक्रमा गराइएको थियो ।

प्रतिक्रिया