हुम्लाका किसान लाई अन्न बाली भित्र्याउने चटारो

हुम्ला । हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोट तीन दिनदेखि सुनसान छ ।

बडादशैंमा गाउँ फर्केकाहरु टीका सकिए पनि सदरमुकाम फर्किन बाँकी रहेकाले सुनसान भएको हो ।दशैंमा पहिलो पटक सिमकोट बजार यति धेरै सुनासान देखिएको स्थानीय व्यापारी बताउँछन् । सदरमुकाममा तल्लो र माथिल्लो गाउँका केही सर्वसाधारण मात्रै भेटिने गरेका छन् । बजारका व्यवसायी, कर्मचारी, शिक्षक र विद्यार्थी दशैं मनाउन घर गएका छन् । 

दशैंमा खुलेका पसलमा पनि ग्राहक नआएको सदरमुकाममा पसल गर्दै आएका नरेन्द्र भण्डारीले बताए । सदरमुकाम सुनसान हुनुको कारण स्थानीयलाई कात्तिकमा पाक्ने अन्नबाली भित्र्र्याउने चटारो रहेको स्थानीय मुकुन्द रोकायाले बताए ।

 छ महिनाको लगानी खेर जाने चिन्ताले पनि दशैंभन्दा कामलाई बढी प्राथमिकता दिँदा दशैंले नछोएको रोकायाको भनाइ छ । अष्टमीको दिन दशैं मनाएर हिउँदमा पशुपक्षीका लागि घाँसको बन्दोबस्त गर्न र अन्नबाली भित्र्र्याउन व्यस्त भएको सिमकोट गाउँपालिका–२ बदुम बोहराले बर्ता । यहाँका गाउँमा चिनो, कागुनो, कोदो, सिमी पाकेकाले भित्र्र्याउनमा स्थानीयवासी व्यस्त भएका हुन् । 
 

प्रतिक्रिया