वीपी राजमार्गमा  रुट अनुमति लिएका ठूला बसहरु पनि चल्ने

काठमाडौं । आज सोमबार साँझदेखि वीपी राजमार्गमा  रुट अनुमति लिएका सबै सवारी साधनहरु चल्ने भएका छन् । 
सडक डिभिजन, भक्तपुरले एक सूचना जारी गर्दै यही असोज ११ र १२ गते आएको अबिरल वर्षासँगैको बाढी पहिरोले क्षतिग्रस्त बनाएको राजमागर्डमा ट्रयाक खोलेर साना सवारी साधन मात्रै चल्न दिइएकोमा आज साँझसम्म चौकीडाँडा र माम्ती खोला नजिक डाइभर्सन सुधार हुने जनाएको छ । त्यसकारण सो रुटमा चल्नका लागि यस अघि अनुमति पाएका सवारी साधन सावधानीपूर्वक संचालन गर्न फरक नपर्ने जनाइएको छ ।

दशैंका लागि घर गएकाहरु फर्किने समय भएकाले यातायात व्यवसायीहरुले पनि सो राजमार्गमा  आज सोमबारदेखि ठूला बसहरु चलाउन खोजेका थिए । साँझसम्म डाइभर्सनको काम सकिए आजैबाट नभए भोलि मंगलबारेदेखि राजमार्गमा ठूला सवारी साधन चल्ने बताइएको छ । 

प्रतिक्रिया